काठमाडौं महानगरपालिकाद्धारा संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूको नाम नेपालीपन झल्कने गरी राख्न निर्देशन दिएको छ । आज सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न  निजी विद्यालयलाई  एक महिना समय दिएको हो । महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली  तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा व्यवस्था भएबमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।  नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेश गर्न सबै विद्यालयलाई विभागले भनेको छ ।
 

प्रतिक्रिया