प्रमुख दलहरुले इलाम–२ र बझाङ–१ को एकमा हुने उपनिर्वाचनमा तालमेल नगर्ने

काठमाडौं । प्रमुख दलहरुले इलाम–२ र बझाङ–१ को एकमा हुने उपनिर्वाचनमा तालमेल नगर्ने भएका छन ।  सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले आ–आफ्ना उम्मेदवार चुनावका लागि तय गरेका हुन । एमालेले गठबन्धनमा छलफलै नगरी इलाम–२ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ र बझाङ–१ (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादीले इलाम–२ मा धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छरु।  रास्वपाले माओवादी पृष्ठभूमि भएका मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छरु। एकीकृत समाजवादीले इलाममा जितबहादुर राई र बझाङमा वीरबहादुर सिंहलाई उठाउने भएको छरु। त्यस्तै इलाममा पहिचानवादी पक्षधरबाटै डकेन्द्रसिंह लिम्बूले पनि उम्मेदवारी घोषणा गरेका छनरु। पहिचान पक्षधरकै तर्फबाट जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छरु।  प्रमुख प्रतिपक्ष कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का, भेषराज आचार्य र केशव थापा दाबेदार हुनरु। खड्का एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिएरु। नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिएरु। प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ एकमा दुवैमा वैशाख १५ मा उपनिर्वाचन हुँदै छरु। एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियोरु। बझाङमा कांग्रेसबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा निधन भएकाले रिक्त भएको थियो ।

प्रतिक्रिया