दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा पैतालिस जना यात्रुको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ ।  बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बसमा बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरमा इस्टरका निम्ति यात्रा गरिरहेका तीर्थयात्रीहरू रहेको बताइएको छ ।  बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको प्रतक्ष्यदर्शीले बताएका छन । दुर्घटनापछि बसमा आगो लागेको प्रहरीले जनाएको छ । बसले नियन्त्रण गुमाएपछि मोकोपेन र मर्केन बीचमा रहेको एउटा पुलबाट खसेको हो । घटनास्थल पुगेका यातायात मन्त्री सिन्दसिवे चिकुङ्गाले सरकारले शवहरू हस्तान्तरण गर्न र दुर्घटनाको कारणबारे पूर्ण अनुसन्धान गर्न सहयोग गर्ने बताइकी छिन । दुर्घटनाअघि त्यसै दिन जारी गरिएको इस्टरको सन्देशमा राष्ट्रपति सिरिल रामापोसाले पनि नागरिकलाई इस्टरलाई सुरक्षित इस्टर बनाउन सक्दो प्रयास गर्न  आह्वान गरेका थिए ।

प्रतिक्रिया