नेपाली बजारमा सुनको मूल्यमा पुन नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजारपाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय २५ निर्धारण गरिएको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा यसले गर्दा नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो ।

प्रतिक्रिया