पूर्व राजा ज्ञानेन्द्र शाह आगामी हप्ता मध्यपश्चिम र कर्णाली प्रदेशको भ्रमणमा जाने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी हप्ता मध्यपश्चिम र कर्णाली प्रदेशको भ्रमणमा जाने भएका छन । उनको सचिवालयले बुधबार एक विज्ञप्ती जारी गर्दै पूर्व राजाको भ्रमणका विषयमा जानकारी दिएको हो । सचिवालयका अनुसार पूर्व राजा शाह मध्यपश्चिम र कर्णाली क्षेत्रको केही जिल्लाहरुको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगञ्ज जाने भएका हुन । नेपालगञ्जमा रहेर उनले कर्णाली प्रदेशका केही र लुम्बिनी प्रदेशका शक्तिपीठहरुको समेत दर्शन गर्ने कार्यक्रम रहेको छ । राजावादीहरुले ति जिल्लामा स्वागत र नागरिक अभिनन्दनका कार्यक्रम समेत राखेका छन ।

प्रतिक्रिया