नेपाल र आयरल्याण्ड उल्भ्सविचको टि ट्वान्टी क्रिकेट सिरिज आजवाट कीर्तिपुरमा सुरु हुँदै

काठमाडौं । नेपाल ’ए’ क्रिकेट टिमले आज आयरल्याण्ड उल्भ्सविरुद्ध टी–२० सिरिजको पहिलो खेल खेल्दै छ । त्रिबि क्रिकेट मैदानमा खेल केही बेरमा सुृरु  हुनेछ  । खेलमा नेपाल सहज जित निकाल्ने योजनामा रहेको छ । नेपाल ’ए’ ले मार्च  २९ र ३१ मा आयरल्याण्ड उल्भ्ससँग टी–२० सिरिज खेल्ने तालिका छ । त्यस्तै अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने छ । त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो । 
 

प्रतिक्रिया