प्रधानमन्त्री दाहालद्वारा आईतबारका लागि संबैधानिक परिषद बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन ।  आगामी आइतबार बस्न लागेको बैठकमा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो । यसअघि नै बैठक तय भएपनि सभामुख विदेशमा रहेकाले आइतबारका लागि बैठक बोलाइएको हो ।  चैत १८ गतेका लागि बोलाइएको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ । परिषदको अध्यक्ष दाहाल, सदस्यहरुमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल ,उप सभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सदस्य छन ।
 

प्रतिक्रिया