चितवनको भरतपुर घुम्न जाने पर्यटकले अब सजिलै बाघ देख्न पाउने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका घुम्न आउने पर्यटकले अब सजिलै बाघ देख्न पाउने भएका छन् । भरतपुर महानगरपालिका–छ देवनगरमा बन्यजन्तु उद्धार केन्द्रको शुभारम्भ गरिएसंगै सर्वसाधारणका लागि बाघ देखाउने व्यवस्था गरिएको हो । आज एक कार्यक्रमविच केन्द्रको शुभारम्भ गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरको पर्यटन प्रवद्र्धनमा निकै ठुलो भूमिका खेल्ने बताइन । २०७८ सालमा बर्दियाबाट उद्धार गरी ल्याइएको करिव १४ बर्षको एउटा बाघ र दुईबर्ष अघि नै निकुञ्जमै उद्धार गरिएको अर्को ८ बर्षको भाले बाघ केन्द्रमा राखिएको छ । नीतिगत छलफलपछि व्यवस्थित तवरले बन्यजन्तु उद्धार केन्द्र संचालकको तयारी गरिएको छ । 
बिभिन्न कारणले निकुञ्जले उद्धार गरेका बाघ,गैडा,मृग,जरायो लगायतका बन्यजन्तुको रेखदेखका लागि यो उद्धार केन्द्र निमार्ण गरिएको हो । भरतपुर भ्रमण बर्ष २०२४ लाई लक्षित गरेर शुरु गरिएको सो केन्द्रमा आउने पर्यटकलाई शुरुवातमा निशुल्क बाघ हेर्ने व्यवस्था मिलाईएको छ । परियोजनाको लागि भरतपुर महानगरपालिकाले शुरुवाती चरणमा ५० लाख रुपैया निकुञ्जलाई उपलव्ध गराएको छ । निकुञ्जको थप ५० लाख गरी एक करोड खर्च भएको छ ।

प्रतिक्रिया