अमेरिकाको बाल्टिमोरमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा छ जनाको मृत्यु भएको आशंका

काठमाडौं । अमेरिकी राज्य मेरिल्यान्डको बाल्टिमोरस्थित पुलमा पानीजहाज ठोक्किएपछि भएको दुर्घटनामा उद्धार गर्ने क्रम रोकिएको छ । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । उर्जा प्रणालीमा समस्या आएको एउटा कार्गो पानी जहाज बाल्टिमोर हार्बर नजिकको पुलमा ठोक्किँदा केही सवारी साधन नदीमा खसेका थिए । घटनामा पुल क्षतिग्रस्त भएको छ । पुल मर्मत गरिरहेका ६ जना मजदुर नदीमा डुबेर वेपत्ता भएको बताइएको छ । जहाजको ठक्करले पुल भत्किँदा पुलको खाल्डो भर्ने काममा व्यस्त रहेका उनीहरू नदीमा खसेको बताइएको छ । घटनामा दुई जनाको उद्धार गरिएको छ, जसमध्ये एक अस्पतालमा भर्ना छन्। उनको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटनापछि अमेरिकी पूर्वी समुद्रीतटमा सबैभन्दा व्यस्त एक बाल्टिमोर बन्दरगाह बन्द गरिएको छ ।

प्रतिक्रिया