भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले ग¥यो चौबिसै घण्टा गस्ती सुरु

काठमाडौं । भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा गस्ती सुरु गरेको छरु। सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र लागु गरी सशस्त्रको पल्टनलाई सीमा गस्तीमा खटाइएको छरु।  सीमा पैदल गस्तीको सुरुवात मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीवाट भएको छ । गस्ती सातै प्रदेश अन्तर्गतका प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा सुरक्षा बल बिओपी र बेससमेतको जनशक्ति समावेश गरी सीमाक्षेत्र तथा दसगजा इलाकामा बन्दोबस्तीसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा तैनाथ गर्ने जनाइएको छरु। तैनाथ पल्टनले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सीमावासी तथा भारतीय समकक्षीको उपस्थितिमा गस्ती गर्नेछ । गस्ती टोलीले दसगजा क्षेत्रको सुरक्षा, सीमाक्षेत्रबाट हुने अपराध नियन्त्रण तथा  सीमा अतिक्रमणको प्रभावकारी अनुगमन गर्ने छरु। यसै गरी चोरी तस्करी रोकथाम, राजस्व चुहावट नियन्त्रणसँगै गैरकानुनी गतिविधि नियन्त्रण गर्ने छ । 

प्रतिक्रिया