भारतीय प्रहरीको खोजीको सूचीमा रहेका दुई डाका सर्लाहीवाट पक्राउ

खोजीको सूचिमा रहेका दुई जना भारतीय कुख्यात डाकालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहारका सन्नीकुमार सिंह र मोतीहारीका जितेन्द्र राउतलाई प्रहरीले आज विहान गोली हानेर नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट अमेरिकी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने गोली र म्यागजिन पनि बरामद भएको छ । 
भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न सर्लाही प्रहरी पुगेपछि उनीहरुले प्रहरीमाथि नै गोली चलाएका थिए । पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुबै खुट्टामा गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । पक्राउ परेका दुबै जनामाथि भारतमा ४ वटा हत्या, डकैती र लागुऔषध कारोवारमा मुद्दा विचाराधीन रहेको छ । 
 

प्रतिक्रिया