मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय नागरिक पक्राउ

रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। परोहा नगरपालिका वडा नम्बर ९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेशकुमार साहमाथि शुक्रबार गोली प्रहार भएको हो। गोली प्रहारबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ।

गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेहरु सबै भारतीय नागरिक हुन् । भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान  र चन्द्रभान सिंहलाई हतियारसहित पक्राउ गरिएको हो । गोली प्रहार गरेर रकम लिएर भाग्दै गर्दा उनिहरु पक्राउ परेका हुन् । उनीहरु भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर आएका थिए । 


 

प्रतिक्रिया