पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज चितवन जाने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज चितवन जाने भएका छन् । परिवारका अन्य सदस्यसहित चितवन जान लागेका पूर्व राजा शाह १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको जनाइएको छ । पूर्व राजा शाह पटिहानीको सोल्टी होटलमा बस्ने बताइएको छ । नितान्त निजी भ्रमणका लागि चितवन जान लागेका पूर्वराजाले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ । गत वर्ष पनि उनी पटिहानी पुगेर ८ दिन बसेका थिए । फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजाको रहेको छ ।
 

प्रतिक्रिया