जोशीको रिहाइका लागि नेपाली राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् ।

मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ । 

टेलिफोन संवादमा गएको २१ असोज २०८० मा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए । हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिक किबुज अलुमिममा रहेको बंकरमा १६ नेपाली थिए । तीमध्ये १० जना मारिएका थिए भने एक जना विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो ।

बंकरमा रहेर घाइते भएका धनबहादुर चौधरीले अनलाइनखबरलाई बताएअनुसार, आक्रमणका क्रममा हमासका लडाकुहरुले बंकरतिर ग्रिनेड हानेपछि जोशीले समातेर बाहिर फ्याँकेका थिए । त्यसपछि लडाकुहरुले जोशीलाई कब्जामा लिएका थिए । हालसम्म जोशीको कुनै अत्तोपत्तो छैन ।

जोशीको रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले स्वयं पहल थालेका छन् । 

प्रतिक्रिया