सरकारको कामलाई जनतासमक्ष पु¥याउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका कामलाई जनतासमक्ष पु¥याउने गरी संसदमा प्रश्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन । आज सिंहदरबारमा बसेको पाटीको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले गरेका काम कारबाही जनतासमक्ष पु¥याउने गरी संसदमा आफ्ना धारणा राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री दाहालले सरकारले सुशासनका साथ जनताका पक्षमा उठाएका आवाजलाई संसदमा दरिलो आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको जानकारी दिए । 
बैठकमा प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामति कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरुलाई निर्देशन दिएका छन । बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सरकारको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक भएको पनि स्पष्ट पारेको छ । संसदीय दलको बैठक मंगलवार बिहान पुन बस्ने बताइएको छ ।  

प्रतिक्रिया