नेपाली चिकित्सककै नेतृत्वमा पहिलो पटक कलेजो प्रत्यारोपण

नेपालमै पहिलो पटक नेपाली चिकित्सककै नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकसहितको टिमले पहिलो पटक कलेजो प्रत्यारोपण गरेका हुन् । त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकहरुको सहयोगबिना पहिलो पटक प्रत्यारोपण गरेका हुन । यसअघिका प्रत्यारोपणमा विदेशबाट आएका चिकित्सकहरुकोले सघाउँदै आइरहेका थिए । डा भण्डारीका अनुसार नेपाली चिकित्सकहरुको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो । ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी हुन। कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो रहेको डा भण्डारीले जानकारी दिएका छन । उनका अनुसार ती पुरुषलाई आज डिस्चार्ज गरिने छ । कलेजो दान गरेकी मिहलाको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ । चिकित्सक भण्डारीले कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पहिलो पाइलका रुपमा प्रत्यारोपणका रुपमा लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन । अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्नका लागि तत्कालिनक स्वास्थ्यमन्त्री गगन थापाले गरेको सहयोगको पनि उनले प्रशंषा गरेका छन । त्रिवि शिक्षण अस्पतालमा यस अघि  १७ जेठ २०७६ पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो ।  हालसम्म १० जना व्यक्तिमा सफल कलेजो प्रत्यारोपण भइसकेको छ ।

 

प्रतिक्रिया