गुल्मी अस्पतालमा हेमोडायलाईसिस सेवा सुरु

गुल्मी अस्पतालमा मृगौला रोगिहरुका लागि हेमोडायलाईसिस सेवा सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले हेमोडायलाईसिस सेवाको शुभारम्भ गरेका हुन । मन्त्री खनालका अनुसार यस वर्ष लुम्बिनी प्रदेशका ६ वटा अस्पतालमा डायलाईसिस सेवा सुरू भएको छ । रेसुंगा नगर प्रमुख खिलध्वज पन्थीले हेमोडायलाइसिस सेवा सुरु भएपछि गरिब  र विपन्न नागरिक सबैभन्दा धेरै लाभान्वित हुने बताए । डायलासिस सेवाका लागि अस्पतालमा पाँच वटा मेसिन रहेको गुल्मी अस्पतालका बरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा.किशोर बञ्जाडेले जानकारी दिनुभयो । डायलासिस सेवाका लागि अस्पतालमा हाल एक विशेषज्ञ डाक्टर र एक जना नर्सको व्यवस्था गरिएको छ ।  एउटा बिरामीले हप्तामा दुई पटक डायलाईसिस गराउनु पर्ने र  एक पटकमा झण्डै पाँच घण्टा समय लाग्ने बताईएको छ । अस्पतालमा अहिले हप्तामा नौ जनासम्मलाई डायलाईसिसको सेवा प्रदान गर्न सकिनेछ । 
 

प्रतिक्रिया