बीपी प्रतिष्ठानमा भैरहेको आन्दोलनले ६० हजार बिरामी उपचारबाट वञ्चित

 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी फेरि आन्दोलित भएपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ । पाँच दिनदेखि उपकुलपतिको कार्यकक्षअगाडि बृत्ति विकासको माग गर्दै उनीहरुले धर्ना र सभा गर्र्दै आएका छन । चिकित्सक तथा कर्मचारीको आन्दोलन थप पेचिलो हुँदै जाँदा दैनिक हजारौं बिरामी सेवाबाट वञ्चित भइरहेका छन । पूर्वकै ठूलो यो अस्पतालमा अहिले आकस्मिक बाहेकका सबै सेवा ठप्प छनरु। बहिरंग सेवा ‘ओपीडी’ ठप्प हुँदा करिब ६० हजार बिरामी उपचारबाट वञ्चित भएका छन । दैनिक ८० जनाभन्दा बढीको शल्यक्रिया हुने प्रतिष्ठानमा करिब एक हजार जनाको रुटिन शल्यक्रिया अनिश्चितकालका लागि स्थगन गरिएको छ । कामु उपकुलपति डा. प्रल्हाद कार्कीले चिकित्सकहरूको साढे ६ वर्षदेखि र कर्मचारीको १६ वर्षदेखि बढुवा वृत्ति विकास प्रक्रिया रोकेको भन्दै आन्दोलन सुरु भएको हो । बहुसंख्यामा चिकित्सक दरबन्दी खाली रहेको, दुई वर्षयता ५० भन्दा बढी दक्ष चिकित्सकले प्रतिष्ठान छाडेको, बढुवा नगरेको तथा विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको आन्दोलनरत पक्षको भनाइ छ यसैविच धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि आज पनि छलफल हुँदै छ । प्रतिष्ठानका पदाधिकारीले आज मुख्यसचिव वैकुण्ठ अर्यालसँग छलफल गर्ने तयारी छ । केही विषय संघ सरकारसँग सम्बन्धित भएकाले मुख्यसचिवसँगको छलफलपछि मात्रै टुंगो लाग्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनअनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्कीलगायत पदाधिकारीसँग हिजो मन्त्रालयमा छलफल गरेका थिए । तर कुनै निर्णयविनै छलफल टुंगिएको थियो । 
 

प्रतिक्रिया