राममन्दिर अयोध्या पठाइने पाहुरमा सुनचाँदीको मात्रा अत्यधिक

जनकपुरका सुनचाँदी कालिगढलाई भ्याइ–नभ्याइ

अयोध्याधाम पठाइने पाहुरमा सुनचाँदीको मात्रा अत्यधिक रहने भएकाले अहिले जनकपुरका सुनचाँदीका कालिगढलाई भ्याइनभ्याइ भएको छ । जनकपुरका कालिगढहरु अहिले दिनभरी पाहुरका लागि गहना बनाउनमा व्यस्त हुने गरेका छन । सुनचाँदी व्यवसायीले आआफनो स्तरवाट जानकी माताको लागि गहना बनाइरहेका छन । 
मिथिला परम्परा अनुसार छोरीको ससुरालीमा हुने घरवासमा माइती पक्षबाट भार कोसेली पठाउने परम्परा छ र  त्यस अनुरुप रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरबाट रामको घर अयोध्यामा भार पठाउन थालिएको छ ।
अहिले जनकपुरमा हरेक सबै सुनचाँदीको पसलमा पाहुरकै लागि गहना बनिरहेका छन । पुस १९ गते पाहुर लिएर जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव सहितको नेपाली टोली जनकपुरधामबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ । पाहुर संकलनका लागि जानकी मन्दिरको प्रागंणमा स्टल राखिएको छ ।
 

प्रतिक्रिया