५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी

नेपाल दूरसंचार प्राधिकरणले बुधबार भित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । बन्द गर्ने निर्णयसँगै नियामक प्राधिकरणले टिकटक बन्द गरे नगरेको जानकारी गराउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । तर, हालसम्म विभिन्न ५५ वटा सेवा प्रदायकहरुले टिकटक बन्द गरेको छ वा छैन भन्ने बारे जानकारी नपाएकाले भन्दै प्राधिकरणले कारबाहीको चेतावनी दिएको हो । सरकारले कात्तिक २७ गते सामाजिक सद्भावमा नकारात्मक असर परेको भन्दै टिकटकलाई तत्काल बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया