काभ्रेको नमोबुद्धमा जात्रा शुरु

काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा जात्रा शुरु भएको छ । शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनको रूपमा यो जात्रा मनाइन्छ । मेला अवधिभर ‘पितृ’को सम्झनामा दीप प्रज्ज्वलन गरिन्छ । नमोबुद्धमा बर्सेनी पितृका नाममा बत्ती बाल्ने परम्परा छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता छ । विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेकान ।  मेलामा बर्सेनी करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राअन्तर्गत कार्तिक पूर्णिमादेखि रातभरि र भोलिपल्ट पनि मेला लाग्छ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको घुइँचो लाग्छ ।  नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्छ ।  
 

प्रतिक्रिया