क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । 

आईतवार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने जानकारी दिए ।

उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताए । क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्नेछ । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको उनले बताए । साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको भुर्तेलको भनाई छ ।  

सर्वसाधारणको लागि इन्फोटेकमा प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको  छ भने ज्येष्ठ नागरिक, फरक क्षमता भएका र १० वर्ष मुनिका बालबालिका तथा सरकारी, सामुदायिक विद्यालयको सिफारिसमा सामुहिक अवलोकनमा आउने अवलोकनकर्ताहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको पनि भुर्तेलले बताए । 

प्रतिक्रिया