दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

हुम्ला । जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध भएसँगै पालिकाको केन्द्रसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।
सर्केगाड–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा टेलिफोन सेवा अवरुद्ध भएको सर्केगाडमा होटेल व्यवसाय गर्दै आएका गेटबहादुर थापाले बताए । उनले भने, “दुई दिनदेखि टेलिफोन सेवाले काम नगर्दा आफन्तसँग कुरा गर्न पाएको छैन ।
सर्केगाडसहित आसपासका सेवाग्राही पनि प्रभावित बनेका छन् ।”टावरले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेका स्थानीय छवि थापाले बताए । टेलिफोन सेवा अवरुद्ध हुँदा सर्केगाड–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही सञ्चार सम्पर्कबाट बञ्चित भएका उनले जानकारी दिए ।
अवरुद्ध भएको टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा रहेका भन्दै फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या भएको थापाले उल्लेख गरे ।

नेपाल–भारत सम्बन्धको लाभ ‘आइटी’ क्षेत्रमार्फत लिनुपर्छ : मन्त्री गुरुङ
‘एसियन हाइवे’ निर्माणले गति लिँदै
_coJTnsuIlJ_n0imyvdekzrjcxwqmx7bgspzmcxlxlhyyyax789tdmfbguhyjojykoibpmtb_HgtHvwX4Rw_1riigafziobu2uwi1twtdmxssifumzuf2cpx9iehspgqxoughefurw8uihua.jpg)
बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा
सरकारी स्वामित्वका कम्पनीहरुमा सर्वसधारणको शेयर स्वामित्व २५ प्रतिशत बनाउँछौंः …
क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने

एच.पी.भी खोप सेवा सञ्चालनमा विद्यालयको महत्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई
सरकार द्वारा कर्मचारीका लागि साइबर सुरक्ष सम्बन्धी एडभाइजरी जारी

प्रतिक्रिया