‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने

ललितपुर। ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट (नामी)ले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष पाँचौँ संस्करणको शैक्षिक कार्यक्रम भोलि शुक्रबारदेखि २२ गतेसम्म ललितपुरमा हुने जानकारी दिइएको हो ।
नामीका ‘एजुकेसन आउटरिच’ प्रमुख आलोक खत्रीले यस कार्यक्रमको पाँचौँ संस्करण ‘आर्टिफिसियल एन्टिलिजेन्स’को आधार र त्यसको कार्यान्वयनमा केन्द्रित रहने जानकारी दिए । कार्यक्रम संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एसियाकै ठूलो र सबैभन्दा पृथक मञ्च भएको उनको भनाइ थियो ।
“यो कार्यक्रमले आधारभूतदेखि आधुनिक विचार र विधिहरू, तिनका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ । कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पिएचडी तहका दुई सय विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने व्यक्तिहरू सहभागी हुन सक्नेछन्”, खत्रीले भने।
ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा हुने कार्यक्रममा विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले एआईका विविध पक्ष र अवधारणाहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।
नामीका संस्थापक निर्देशक एवम् अनुसन्धानकर्ता विशेष खनालले नामीले करिब सात÷आठ वर्षदेखि अनुसन्धान र विकासमा समर्पित भएर काम गरिरहेको बताए । गुणस्तरीय जीवन र मानिसको आवश्यकतालाई परिपूर्ति गर्न सक्ने प्रविधि र ज्ञान दिन सक्ने एआई प्रविधिको विकास गर्नुपर्छ भन्ने ध्येयले यसमा आफूहरूले काम गरिरहेको उहाँले बताए।

नेपाल–भारत सम्बन्धको लाभ ‘आइटी’ क्षेत्रमार्फत लिनुपर्छ : मन्त्री गुरुङ
‘एसियन हाइवे’ निर्माणले गति लिँदै
_coJTnsuIlJ_n0imyvdekzrjcxwqmx7bgspzmcxlxlhyyyax789tdmfbguhyjojykoibpmtb_HgtHvwX4Rw_1riigafziobu2uwi1twtdmxssifumzuf2cpx9iehspgqxoughefurw8uihua.jpg)
बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा
सरकारी स्वामित्वका कम्पनीहरुमा सर्वसधारणको शेयर स्वामित्व २५ प्रतिशत बनाउँछौंः …
क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने

एच.पी.भी खोप सेवा सञ्चालनमा विद्यालयको महत्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई
सरकार द्वारा कर्मचारीका लागि साइबर सुरक्ष सम्बन्धी एडभाइजरी जारी

प्रतिक्रिया