आज ‘स्वरसम्राट’ नारायणगोपालको ८४ औं जन्मजयन्ती

‘स्वरसम्राट’ नारायणगोपाल गुरूवाचार्यको ८४ औं जन्मजयन्ती आज मनाइँदैछ । नेपाली सांगीतिक क्षेत्रमा उनले पु¥याएको योगदानको सम्मान गर्दै हरेक वर्ष उनको सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।नारायण गोपाल बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा विक्रम संवत १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका हुन् । उनले पहिलोपटक २०१७ सालमा रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए । उनका ‘यति धेरै माया दिई’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘लालीगुराँस भएछु’ लगायतका झण्डै ५ सय गीत रेकर्ड भएका छन् । नारायण गोपालले नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै २०२३ सालमा सर्वाेत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वाेत्तम गायक रेडियो नेपाल, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारलगायत प्रदान गरिएको छ ।नारायण गोपालको विक्रम संवत २०४७ मंसिर १९ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।। 

प्रतिक्रिया