सरकार द्वारा कर्मचारीका लागि साइबर सुरक्ष सम्बन्धी एडभाइजरी जारी
काठमाडौं । सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षा सम्बन्धी आठ पानाको एडभाइजरी जारी गरेको छ ।
एडभाइजरी अनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ । जसमा डाटाको नियमित रुपमा ब्याकअप राख्ने, अर्काइभ गर्नका साथै बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्नु पर्नेछ ।
त्यस्तै, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्ने, पासवर्ड बलियो राख्ने र तीन–तीन महिनामा परिवर्तन गर्ने, सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्नुपर्ने पनि एडभाइजरीमा उल्लेख छ ।
इमेल लगायतका सूचना प्रविधि प्रणालीहरुमा मल्टी फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने जस्ता विषय पनि यसमा समेटिएका छन् । यस्तै, एडभाइजरीमा सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउने तथा मोबाइल सुरक्षा सम्बन्धमा संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल बन्द गर्ने वा सुरक्षित स्थानमा बाहिर राख्ने जस्ता विषय समेत समेटिएको छ ।
वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्या बाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको हो । सरकारी साइटहरुको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना हुँदै आएको बेला केन्द्रले यस्तो एडभाइजरी जारी गरेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया