युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्छ: नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकमा कृषिमा लगानी गरी युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्ने बताएका छन । पार्टीको मेची–महाकाली जागरण अभियानका क्रममा सप्तरीमा आयोजित कार्यक्रममा उनले सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकारले आफूलाई केन्द्रित गर्नुपर्ने बताएका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने समेत औंल्याए । अध्यक्ष नेपालले यथास्थितिमा एमसिसि पास गरेको भए देशको तटस्थ कूटनीतिक नीतिमा धक्का पुग्ने अवस्था भएपनि १२ बुँदे व्याख्यात्मक टिप्पणीले त्यस्तो दुबिधा अन्त्य गरेको बताए । पार्टीका सम्मानित नेता झलनाथ खनालले संघीयता आइसके पश्चात संविधान कार्यन्वयनको पक्षमा जनता र सरकार चुकेको बताए ।
प्रतिक्रिया