‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
मकवानपुर । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
यहाँको मकवानपुरगढी गाउँपालिका–४ स्थित वाइवाडाँडा लिफ्टिङ सिँचाइ उपभोक्ता समितिले निर्माण गर्न लागेकोे ट्याङ्कीको शिलान्यास गर्दै आज उनले व्यक्ति–व्यक्तिले योजना माग गर्दा कार्यान्वयन फितलो भएको बताए ।
निर्वाचित जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय उपभोक्ताको छलफलबाट अधिकतम लाभ हुने योजना छनोट गर्नुपर्ने मन्त्री खड्काको भनाइ छ । सम्पन्न भइसकेका योजनाको संरक्षण र सदुपयोगमा ध्यान दिनसमेत उनले आग्रह गरे ।
ट्याङ्की निर्माण पश्चात् तीनसय रोपनी जमिनमा सिँचाइको सुविधा पुग्ने जनाइएको छ । कूल २० लाखको लागतमा एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गर्न लागिएको समितिका अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए । ट्याङ्की निर्माण पश्चात् तीन ठाउँबाट पानी वितरण गर्न थप एक करोडको आवश्यक रहेको समितिले जनाएको छ ।

निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन बनाइनुपर्छ : सांसद महत

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य १८ निर्णय (सूचिसहित)
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह

मानवअधिकार रक्षाका निम्ति सदन सधैँ सहयोगी रहनेछ : सभामुख घिमिरे

सभापतिका लागि सति जाँदै रास्वपा, पार्टी भन्दा व्यक्ति प्रधान किन ?

उपनिर्वाचनः दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी
स्थानीय तह उपनिर्वाचनको मतदानको समय सकियो

प्रतिक्रिया