ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकद्धारा विभिन्न बैकलाई कार्बाहि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैंकले सात वटा विकास बैंक र आठ वटा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको  हो ।

जसअनुसार कारबाहीमा पर्ने विकास बैंकका सीईओहरुमा लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोसी डेभलपमेण्ट बैंकका छन् ।

यसै गरी कारबाहीमा पर्ने  फाइनान्स कम्पनीका सीईओहरुमा समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्स रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया