भारतमा भएको रेल दुर्घटना प्रति परराष्ट्र मन्त्री द्वारा दुःख व्यक्त

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटना प्रति दुःख व्यक्त गरेकी छन् । 

उनले सामाजिक सञ्जाल मार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन् । 

मन्त्री डा. राणाले दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी हुन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । 

मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपाल स्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकाय सँग आग्रह गरेकी छन् । 

बुधबार राति भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी ४ जना नेपाली सहित ११ जना भारतीयको ज्यान गएको छ ।
रासस 

प्रतिक्रिया