देशको राजनीतिक अवस्था सहज छैन : अध्यक्ष दाहाल

कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् । 

आज (बिहीबार) सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेत द्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताएका छन् । 

सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फ बाट संयुक्त वक्तव्य जारी गरेको उनले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको जानकारी दिए ।

आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिका बारेमा जनतालाई केही अपिल गर्ने उनको भनाइ छ ।
रासस 

प्रतिक्रिया