वर्तमान सरकारले भ्रष्टाचारीलाई बचाइरहेको अध्यक्ष दाहालको आरोप
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारीलाई बचाउने गरेको आरोप लगाएका छन् ।
प्रेस सेन्टर सुर्खेतले आज (बिहीबार) आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले वर्तमान सरकार आफ्ना र भ्रष्टचारीलाई बचाउने काम गरेको आरोप लगाएका हुन् । गठबन्धनको सरकार बनेको बेला आफूले भनेको कुरा अहिले सावित हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले आफू सरकारमा जाने विषयमा अहिले नै केही नसोचेको बताए । वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजाने उनको भनाइ छ । अहिलेको सरकारले राम्रो काम गर्नेलाई तारो बनाएर हटाउन खोजेको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव उदघाटनका लागि अध्यक्ष दाहाल सुर्खेत पुगेका हुन् ।
प्रतिक्रिया