युक्रेन सँगको युद्ध अन्त्य गर्न पुटिन तयार नभए रुस विरुद्ध अमेरिकी प्रतिबन्ध बढाउने ट्रम्पको चेतावनी
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेन सँगको युद्ध अन्त्य गर्न वार्ता गर्न तयार नभए रुस विरुद्ध अमेरिकी प्रतिबन्ध अझ बढाउन सक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा यस विषयमा गरिएको प्रश्नमा सो जवाफ दिएका हुन् । ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग सम्पर्कमा रहेको र चाँडै रुसी राष्ट्रपति पुटिन सँग पनि कुरा गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेन बीच युद्ध शुुरु नै नहुने दाबी पनि गरे । डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा खर्च २ प्रतिशत बाट ५ प्रतिशत पर्याउनुपर्ने समेत बताएका छन् ।
प्रतिक्रिया