आज रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति रवि लामिछाने आज (बुधबार) जिल्ला अदालत रूपन्देहीमा उपस्थित हुने भएका छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् । उनी मंगलबार काठमाडौं बाट रूपन्देही पुगेका हुन् ।
आज १० बजे अघि नै उनी अदालतमा उपस्थित हुने तयारी छ । आज नै पेसी तोकेर अदालतमा उनको बयान शुुरु हुनेछ । बयान छिट्टै सकिए थुनछेक बहस समेत आज नै हुनेछ । बहस सकिना साथ उनलाई थुनामा राख्ने कि थुना बाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ ।
सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भइसकेको छ । तर, अभियोग अदालतमा पेस गर्दा एक जना पनि प्रतिवादी साथमा थिएनन् । पूरक अभियोगमा प्रतिवादी बनाइएका अभियुक्त मध्ये रवि नै अदालतमा उपस्थित हुने पहिलो अभियुक्त हुन् ।
प्रतिक्रिया