चितवनमा एक जना युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेको दृश्य भाइरल

काठमाडौं । चितवनमा एक जना युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेको दृश्य अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका हुन् । प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।मोटरसाइकल रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको’ भन्दै निर्घात कुटपिट गरेको भिडियोमा देखिएको छ ।
प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोजेका छन्, तर प्रहरी पछि लाग्दै फेरि लात्तीले हानिरहेको दृश्य अहिले सबैतिर भाइरल छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जाँदै
मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते
खेर जाने केराको थम्बा बाट सामग्री उत्पादन

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

प्रतिक्रिया