सिंहदरबारबाट फर्किदा पनि हर्क साम्पाङको गाग्री रित्तै !
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटघाट गर्न नपाएरै फर्किएका छन् ।
धरानको खानेपानी समस्या समाधानका लागि रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका मेयर साम्पाङ मंगलबार आज प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरबार पुगेका थिए ।
प्रधानमन्त्रीलाई भेटेर खानेपानी समस्या समाधानका लागि पत्र बुझाउने साम्पाङको तयारी थियो । तर, सिंहदरबार जाँदा रित्तो गाग्री बोकेर गएका मेयर साम्पाङ प्रधानमन्त्री ओलीसँग भेट्न नपाएपछि फर्किदा पनि रित्तै गाग्रीसहित फर्किएका हुन् ।
प्रधानमन्त्रीको मेयर साम्पाङसँग भेटघाट गर्ने कार्यक्रम तय नै नभएको र आज विहानैदेखि भेटघाटको कार्यक्रम प्याक भएकाले पनि मेयर साम्पाङ र प्रधानमन्त्री ओलीबीच भेट हुन नसकेको प्रधानमन्त्री ओलीको जनाएको भनेको छ ।
त्यसअघि मेयर साम्पाङले अर्थमन्त्री विष्णु पौडेल र खानेपानीमन्त्री प्रदीप यादवसँग भेटघाट गरी आफ्नो समस्या राखेका थिए । सिंहदरबारबाट निस्किएपछि उनले भने, “अर्थमन्त्री पौडेल र खानेपानीमन्त्री यादवबाट खानेपानी समस्या समाधानको लागि सकारात्मक कुरा आएको छ ।”
साम्पाङले सिंहदरबार बोकेर लिएको रित्तो गाग्री प्रहरीले गेटबाटै जफत गरेको थियो । गृह मन्त्रालयको आदेश हुनसक्ने भन्दै त्यस विषयमा आफू धेरै नबोल्ने साम्पाङको प्रतिक्रिया थियो ।
प्रतिक्रिया