सहमति अनुसार नै कांग्रेस–एमालेबीच सत्ता सहयात्रा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
बागलुङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मनत्री सिंहले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने दाबी गरे । विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहको जोड छ ।
त्यस्तै, सिंहले अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पारे। सरकार ७ बुँदे सहमतिकै भावना अनुसार अघि बढिरहेको भन्दै सहमति अनुसार नै कांग्रेस– एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे । सहमति अनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुने मन्त्री सिंहको भनाई छ ।
उपप्रधानमन्त्री सिंहले कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

‘यो व्यवस्थाको हकदार माओवादी हो’
२७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्कियो, आम आदमी सत्ता बाहिर
सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएनः महासचिव…
सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री शर्मा
माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्
पाथीभरा केबलकारमा ३ सय रोजगारी सिर्जना हुन्छ : अध्यक्ष ढकाल

प्रतिक्रिया