चौपारीमा निर्माणाधिन स्वास्थ्य चौकी भवन विवादमा
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–९ कटुवा चौपारीमा निर्माणाधिन स्वास्थ्य चौकी भवन विवादमा परेको छ ।
स्थानीयवासीलाई पायक नपर्ने स्थान बस्ती भन्दा टाढाको क्षेत्रमा स्वाथ्य चौकीको भवन बनाउन थालीएपछि विवाद भएको हो । संघिय बजेटमा ३८ लाख बजेटमा भवन बनाउन थालीएपछि अहीले स्थानीय वासीले विरोध गरेका छन ।
२०६७ सालमा तत्कालीन गाविस को बजेटले खरीद भएको वस्ती भन्दा टाढाको दुई रोपनी जमीनमा भवन बनाउने बारे विबाद भएको हो । स्वास्थ्य जस्तो संवेदन शिल विषयलाई मानव वस्ती भन्दा टाढा नलान स्थानीयको आग्रह छ । राजमार्ग र वस्ती नजिकै रहेको पाती आन्लाको दश आना जग्गामा रहेको स्वाथ्य चौकी नया भवन बनाउन स्थानीयको माग रहेको छ ।
तत्कालीन गाविस संयन्त्र हुँदा खरीद भएको जग्गाको उपयोग गर्न खोज्दा समस्या भएको वडा कार्यलयको भनाई छ । वडा अध्यक्ष राम शर्मा लामीछानेले वडा वासीलाई पायक पर्ने स्थानमा जग्गा दाता मार्फत पाएमा वडा बासीको माग अनुसार भवन बनाउन सकिने बताए ।
अहिले भैरहेको स्वास्थ्य चौकिबाट कटुवाचौपारीका मात्र नभई पिपलटारी,शंकरपोखरी, लगायका बासीन्दाले सेवा पाई रहेका कारण स्थान परिवर्तन गर्न नहुने स्थानीयमो माग रहेको हो । खरीद भईसकेको जग्गा उपयोग गर्न जन प्रतिनिधि लागी परेका कारण नागरीक स्तरबाट विरोध भईरहेको हो ।
प्रतिक्रिया