पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा’
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । सुर्खेतको चौकुने गाउँपालिका–२ लगामस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रममा आज उनले पूर्वाधार निर्माण नभएकै कारण राजधानी वीरेन्द्रनगरसँग उक्त पालिकाको सहज पहुँच नभएको बताए ।
मुख्यमन्त्री कँडेलले भने, “सडक, विद्युत् र सुकुम्बासीको व्यवस्थापन नै यहाँको प्रमुख समस्या हो । यसको समाधानका निम्ति कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ ।” उनले विकास निर्माण सबैको आवश्यकता भएकाले यसमा सबै दल र जनता एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
एक्लै हिँड्ने प्रचलनले व्यक्तिलाई फाइदा भए पनि समाज विकास नहुने मुख्यमन्त्री कँडेलको जिकिर थियो । उनले यहाँका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका योजना तथा विकास निर्माणको अनुगमन तथा कामको प्रगतिबारे जानकारी लिएका छन् ।

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया