कला, संस्कृति र भेषभूषालाई व्यावसायिक बनाउनुपर्छ : नगरप्रमुख मगर

दाङ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र भेषभूषालाई व्यावसायिकीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल मगर सङ्घ घोराही नगरको आयोजनामा आजदेखि घोराही–१४ झिगौँरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन कार्यक्रममा उनले कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउँदै यसको संरक्षण र प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे ।
नगरप्रमुख चौधरीले मगर समुदायको आफ्नै मौलिक कला, संस्कृति, भाषा, रहनसहन भएकाले यसलाई संरक्षण र संवद्र्धन गर्दै व्यावसायिक भएर आयआर्जनको माध्यम बनाउन आग्रह गरे ।
मातृभाषामा पढाइ सञ्चालन गर्न मगर खाम भाषाको पाठ्यक्रम घोराही उपमहानगरमा तयार भइरहेको जनाउँदै उनले आगामी शैक्षिकसत्रदेखि उक्त मातृभाषामा पठनपाठन सुरु हुने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नै भाषामा अध्ययन गर्न बालबालिकालाई पनि सहज हुने धारणा राख्दै नगरप्रमुखले यसले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले कुसुण्डा भाषालाई पनि संरक्षण गर्दै यसको प्रवद्र्धन गर्दै जानुपर्नेमा जोड दिए ।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जाँदै
मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते
खेर जाने केराको थम्बा बाट सामग्री उत्पादन

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

प्रतिक्रिया