प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न हुँदैन् : प्रमुख आयुक्त थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख, वडाध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा राखिएको जनाएका छन् ।
शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधार : सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्दै थपलियाले प्रत्यक्षलाई नै समावेशी गर्न सके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिने पनि बताए ।
उनले समानुपातिक सभावेशी अहिलेको ठुलो उपलब्धि भएको उल्लेख गर्दै समावेशितालाई बाहिर राखेर कुनै पनि कानुन बनाउन नसकिने पनि स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचन प्रदेशले गर्ने व्यवस्था गर्न सकिने पनि बताए ।
स्थानीय तहको निर्वाचन प्रदेश सरकारले गराउने बारेमा आयोगलाई कुनै आपत्ति नरहेको उनको भनाइ छ । थपलियाले प्रत्यक्ष निर्वाचित र समानुपातिकबिच विभेद गर्न नहुनेमा जोड पनि दिए ।
प्रतिक्रिया