‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवद्र्धनका लागि सहयोगको प्रतिबद्धता’
रामेछप । सभामुख देवराज घिमिरेले यस क्षेत्रको पूर्वाधार विकास, कृषि र पर्यटन प्रवद्र्धनका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
आज मन्थलीमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखाले आयोजना गरिएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले जिल्लावासीले राखेका आशा, अपेक्षा र चाहना पूरा गर्न आफू सदैव सकारात्मक रहेको बताए ।
सभामुख घिमिरेले जिल्लाको विकासका लागि स्थानीय तहको पहल नपुगेको भन्दै सर्वप्रथम स्थानीय सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठान जिल्ला शाखाका संयोजक पुरुषोत्तम घिमिरेको अध्यक्षता एवं सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला अधिवेशनका सम्पन्न भएको हो । सो अवसरमा पञ्चेबाजा सहितको ¥यालीले मन्थलीबजार परिक्रमा गरी स्थानीय तीनलालपार्कमा पुगी सभामा परिणत भएको थियो ।
प्रतिक्रिया