बेलारुसका ३३ जना राजनीतिक बन्दीलाई दिइयो आममाफी
एजेन्सी । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ जना राजनीतिक बन्दीको आममाफी दिने निर्णय गरेका छन् ।
आफ्ना आलोचक, पश्चिमा र स्वतन्त्र अधिकारवादी समूहले उनका एकपक्षीय कामविरूद्ध प्रदर्शनबाहेक अरू केही नगरेपछि सन् १९९४ देखि सत्तामा रहेका नेता लुकासेन्कोले आगामी सप्ताहन्तमा आफ्नो शासन लम्ब्याउने कसरत गरिरहेका समय यो निर्णय आएको हो ।
लुकासेन्को र बेलासको दङ्गा प्रहरीले सन् २०२० मा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको व्यापक आरोपको विरोधमा सडकमा उत्रिएका दशौं हजार प्रदर्शनकारीमाथि कडा कारबाही गरेको थियो ।
अधिकारवादी समूहका अनुसार सन् २०२० मा लुकाशेन्कोका विरोधी र प्रदर्शनकारी नेतासहित एक हजारभन्दा बढी राजनीतिक बन्दीलाई पक्राउ गरिएको छ ।
शनिबार उनले तीन महिला र ३० पुरुष गरी ३३ जनालाई माफी दिएका हुन् । उनीहरूलाई अधिकारीहरूले ‘अतिवादी गतिविधि’ गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो ।
जनवरी २६ मा हुन लागेको मतदानको दौडानमा आफुलाई उदारवादी नेता पुष्टि गर्न उनले विगत ६ महिनामा २०० भन्दा बढी व्यक्तिहरूलाई क्षमादान दिई रिहा गर्ने आदेश दिएका छन् ।
लुकासेन्कोले निर्वाचनमा कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्नु पर्ने छैन र गत हप्ता एक कारखानाको भ्रमणको क्रममा उनले बहस सञ्चालन गर्नुको कुनै अर्थ नदेखेको र वास्तवमा चुनावी अभियानलाई पछ्याइरहेको बताएका थिए ।
शनिबारको क्षमादानमा रिहा भएकाहरूको पहिचान सार्वजनिक गरिएको छैन र तीमध्ये कोही पनि देशको विपक्षमा रहेका प्रमुख व्यक्तिहरू हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन ।
राजनीतिक कैदीहरूलाई कठिन परिस्थितिमा राखिएको छ, उनीहरूलाई प्रायः वकिलहरूको पहुँच वा बाहिरका आफन्तहरूसँग सम्पर्क गर्न इन्कार गरिन्छ ।
प्रतिक्रिया