‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक रहेको बताएका छन् ।प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानले सातौँ बलिदानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उनले सङ्घीयतासहितको संविधान मधेश आन्दोलनकै उपज भएको भन्दै यसलाई सुदृढीकरण गर्न थप सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताए ।
मुख्यमन्त्री सिंहले सङ्घीयतापछि प्रदेश सरकार पाए पनि प्रहरी प्रशासन व्यवस्थापन र ठूल विकास आयोजनालगायत काम गर्न सङ्घकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको गुनासो गरे । “प्रदेशमा मुख्यमन्त्री, मन्त्री र अन्य अङ्गहरू क्रियाशील छन् तर हातखुट्टा बाँधेर काम गर भनेजस्तो अव्सथा छ । यसैकारण धेरै काम गर्न सकिएको छैन ।
यो अवस्था अन्त्य गर्न जरूरी छ”, उनले भने । मुख्यमन्त्री सिंहले व्यवस्था परिवर्तनका लागि ज्यानको आहुति दिने सहिदको सम्मानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको कार्यक्रममा सहिद परिवारका सदस्य तथा जिउँदा सहिदहरूलाई सम्मान गरिएको थियो ।
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया