नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव
काठमाडौं । नेपाल र भारतका विच रोटी बेटीको सम्बन्ध लामो समयदेखि रहेकाले समस्या आउने किसिमका काम कुनै पक्षवाट पनि हुन नहुने सरोकारवालाले बताएका छन ।
आज काठमाडौंमा नेपाल यादव युवा संघले गरेको अन्तरक्रियामा सहभागीले सीमाले दुई देश भएपनि तराइ मधेश र भारतका विच सांस्कृतिक सम्बन्ध रहेको बताएका हुन ।
छलफलमा भारतीय सांसद पप्पु यादवले नेपाल भारतविचको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ पुर्याउने बताए । छलफलमा मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, कांग्रेस नेता महेन्द्र यादव, नेकपा माओवादी केन्द्रका नेता मात्रृका प्रसाद यादव लगायतले दुई देशमा रहेका यादव समुदाय र भोग्दै आएका समस्याबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया