वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रा.स्व.पा.का कार्यकर्ताले गरे कुटपिट

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ ।
अधिवक्ता त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।
बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण गरेका हुन् । अधिवक्ता त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए ।
रास्वपाका कार्यकर्ताले आफूलाई गालीगलौजसँगै लछार-पछार गरेर कुटपिट गरेको अधिवक्ता त्रिपाठीले एभीन्यूज खबरलाई जानकारी दिए ।
उनी भन्छन्, “अदालत परिसरमा म माथि कुटपिट भयो, गालीगलौज गरियो । मलाई लछार-पछार गरियो । कोट तानेर आक्रमण भयो । धकेलाधकेल भयो, प्रहरीले सुरक्षा दिएर मलाई राखेको छ । म अहिले अदालत परिसरमै छु ।”

आगलागी बाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_hJXZRPv3vX_l7vcpply9rtznan67lnvsnurc352zsteo9tomxroihsmia5ss1mkogfz6axo.jpg)
प्रतिक्रिया