ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपालिकाका प्रमुख महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना अघि बढिसकेको बताएका छन् ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको दाबी गरेका हुन । प्रमुख महर्जनले स्मार्ट सिटी बनाउनका निमित्त कम्तिमा पनि १० प्रतिशत ठूला ठाउँको आवश्यकता भएपनि तीन प्रतिशत मात्र खुला ठाउँ रहेको गुनासो पनि गरे ।
नगरप्रमुख महर्जनले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताए । महानगरले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको पनि बताए । महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने प्रमुख महर्जनको भनाइ छ ।
प्रतिक्रिया