कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने जिकिर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पान को २५ औं वार्षिकोत्सवमा आयोजित इप्पान ईभी र्यालीमा सहभागी हुँदै घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको तर सो अनुपातमा चार्जिङ स्टेशन पर्याप्त नभएको बताएका हुन ।
कार्यकारी निर्देशक घिसिङले अहिले चार्जिङ स्टेशन निर्माणका लागि नीजि क्षेत्रलाई प्राधिकरणले प्रोत्साहित गरिरहेको पनि बताए ।इप्पानका अध्यक्ष गणेश कार्कीले पनि मुलुकभित्र उत्पादित विद्युतको उपयोग बढाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष कार्कीले नेपालमा विद्युत उत्पादन वृद्धि भइरहेकाले यसको खपतलाई बढावा दिन विद्युतीय सवारी साधन र सामग्रीहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका हुन । अहिले छ सयभन्दा बढी चार्जिङ स्टेशनहरू निजी क्षेत्रले मात्रै बनाएको छ । पाँच सय चार्जिङ स्टेशनहरूका लागि आवदेन प्राधिकरणमा छ ।
प्रतिक्रिया