पि.एस.बी.ले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पिएसबी)ले मुलुकमा सुशासन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

पिएसबीको पूर्वप्रारम्भ (प्रि–लन्चिङ) कार्यक्रमको आज आयोजित समापन समारोहमा मन्त्री गुरुङले यस सेवाले सुशासन प्रवद्र्धनमा पहरेदारको भूमिका निर्वाह गर्दै देश र जनताका पक्षमा काम गरेर औचित्य पुष्टि गर्न निर्देशन र सुझाव दिएका हुन् ।

“मुलुकमा सुशासन कायम गर्न यसको भूमिका महत्वपूर्ण हुनुपर्छ । राज्यमा भएका समस्या र सरकारका कमजोरी देखाइदिनुपर्छ”, उनले भने, “जनताका पक्षमा काम गर्नसक्यो भने यसको औचित्य पुष्टि हुन्छ ।” 

मन्त्री गुरङले पिएसबी कार्यान्वयनसँगै जनशक्ति एवं संस्थागत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको समेत बताए । “जनशक्ति व्यवस्थापन, सङ्गठन परिचालन कसरी हुन्छ भन्ने विषयमा मन्त्रालय प्रतिबद्ध छ”, उनले भने, “कर्मचारी कोही पनि अलमलमा पर्नुपर्दैन, काम गर्दै जानुहोस, सबै व्यवस्थापन हुन्छ ।”

मन्त्री गुरुङले पिएसबीले स्वायत्त रुपमा काम गर्ने उल्लेख गर्दै आगामी दिनमा गोरखापत्र संस्थान पनि सोही ढाँचामा सञ्चालन हुनसक्ने बताए । संस्थाहरु स्वतन्त्र हुनुपर्छ भन्ने बहस चलिरहेको सन्दर्भमा उनले स्वतन्त्रभन्दा धेरै स्वायत्त हुनुपर्नेमा मन्त्री गुरुङको जोड थियो ।

प्रतिक्रिया

नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव

नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव

राज्य व्यवस्था तथा सुशासन समिति : जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गर्न विज्ञहरुले सुझाव

राज्य व्यवस्था तथा सुशासन समिति : जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गर्न विज्ञहरुल…

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपालिकाका प्रमुख महर्जन

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपा…

कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने जिकिर

कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टे…

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

कांग्रेस नेता डा.कोइराला र बेलायतका स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

कांग्रेस नेता डा.कोइराला र बेलायतका स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

राष्ट्रपतिद्वारा जारी अध्यादेश राजपत्रमा प्रकाशित

राष्ट्रपतिद्वारा जारी अध्यादेश राजपत्रमा प्रकाशित

गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने अध्यादेशप्रति महामन्त्री शर्माको असन्तुष्टि

गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने अध्यादेशप्रति महामन्त्री शर्माको असन्तुष्…