गैरआवासीय नेपालीलाई निःशुल्क भिसा दिने अध्यादेशप्रति महामन्त्री शर्माको असन्तुष्टि

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपालीहरूलाई आफ्नै देशमा भिसा दिने प्रावधानप्रति असन्तुष्टि जनाएका छन् ।

पार्टीको बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकमा बोल्दै उनले गैरआवासीय नेपालीलाई १० वर्षे निःशुल्क भिसा प्रदान गर्नेगरी अध्यादेश ल्याएर व्यवस्था गर्न लागिएको विषयमा असन्तुष्टि जनाएका हुन् ।

वंशज र अंगिकृत जस्तै संविधानले व्यवस्था गरेको गैरआवासीय नागरिकता पाएकाहरूलाई भिसा किन दिने भन्दै प्रश्न गर्दै उनले भने, “जन्म र वंशको जस्तै गैरआवासीय नागरिकता पनि एक प्रकार हो । संविधानमा व्यवस्था गरेको नियम भित्र गरिकता पाएको नागरिकलाई भिसा दिन मिल्दैन ।”

सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ ।

अध्यादेशमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय भिसा निःशुल्क उपलब्ध गराइने’ उल्लेख गरिएको छ ।

प्रतिक्रिया

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव

नेपाल—भारतको ऐतिहासिक सम्बन्धले दुई देशलाई लाभ हुन्छ : पप्पु यादव

राज्य व्यवस्था तथा सुशासन समिति : जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गर्न विज्ञहरुले सुझाव

राज्य व्यवस्था तथा सुशासन समिति : जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गर्न विज्ञहरुल…

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपालिकाका प्रमुख महर्जन

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना : ललितपुर महानगरपा…

कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने जिकिर

कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नका लागि देशभर चार्जिङ स्टे…

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

कांग्रेस नेता डा.कोइराला र बेलायतका स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

कांग्रेस नेता डा.कोइराला र बेलायतका स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

पि.एस.बी.ले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

पि.एस.बी.ले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ